ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै

प्रदेश राजधानी देउखुरी क्षेत्रमा रोक्का गरिएको जग्गा किनबेच फुकुवा हुँदै

१३ पुष २०७९, बुधबार
१३ पुष २०७९, बुधबार

बुटवल, १२ पुस ।

स्थायी राजधानी कार्यान्वयनमा आएसँगै राप्ती उपत्यकामा पर्ने दाङ देउखुरीको रोक्का गरिएको जग्गा फुकुवा हुने भएको छ ।

२०७७ असोज २० गते प्रदेश राजधानी घोषणा भएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक सूचना जारी गर्दै दाङका दुई र अर्घाखाँचीको एक क्षेत्रमा जग्गाको कारोबार गर्न रोक लगाएको थियो ।

मन्त्रिपरिषदको कार्यालयले मालपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीमा पत्राचार गर्दै अर्को आदेश जारी नहुञ्जेलसम्मका लागि सो क्षेत्रमा जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको थियो ।

सूचनामा राप्ती गाउँपालिकाका पूरै क्षेत्र, गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा जग्गा किनबेचमा रोक लगाइएको थियो । तर अव भने जग्गा किनबेच छिटै नै खुला हुने भएको हो ।

त्यसबेला राप्ती गाउँपालिकाले पनि देउखुरीमा भइरहेको जग्गा कारोबार बन्द गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले आफ्नो भूउपयोग नीतिमार्फतसबै क्षेत्रमा घर–घडेरीका रुपमा जग्गा विकास गर्न नमिल्ने निर्णय गरेको थियो । अव राप्ती उपत्यका देउखुरीको रोक्का जग्गा यही पुस महिना भित्रै खुल्ला हुने भएको हो ।

जग्गा एकीकरण अर्थात ल्याण्डपुलिङ्ग आयोजनामा अनिवार्य समावेश हुने शर्तमा जग्गा फुकुवा गर्न लागिएको प्रदेश पूर्वाधार विकास प्राधिकरण अन्तर्गत प्रदेश राजधानी जग्गा एकीकरण आयोजनाका अध्यक्ष श्यामेश चौधरीले जानकारी दिए । राजधानी क्षेत्रको गुरुयोजना तयार भई जग्गा एकीकरण कार्यको अन्तिम प्रक्रिया बाँकी रहेकोले राजधानीबासीको माग र समस्यालाई मध्यनजर गर्दै रोक्का जग्गा फुकुवा गर्न लागिएको उनले बताए ।

अध्यक्ष चौधरीका अनुसार जग्गा फुकुवा भएपछि फेरि पहिलेकै अवस्थामा नेपाल राष्ट्र बैंकको नीति अनुसार धितो मूल्याङ्कनका आधारमा बैंकहरुले निर्धक्कका साथ लगानी गर्ने तथा पूर्णरुपले किनबेच गर्न सक्ने गरी जग्गा फुकुवा गर्न लागिएको हो । तर जग्गा किनबेच गर्दा भने किन्ने व्यक्ति र बिक्री गर्ने दुवै व्यक्ति अनिवार्य रुपमा जग्गा एकीकरण आयोजनामा समावेश हुने शर्तमा मात्र किनबेच गर्न पाइने तथा बैंकमा ऋण लिंदा समेत जग्गा एकीकरणको वडा—वडामा स्थापना हुने कार्यालयबाट सिफारिस लिनुपर्ने अध्यक्ष चौधरीले बताए ।

यता प्रदेश राजधानी जग्गा एकीकरण आयोजनाले माघ १ गतेदेखि वडा—वडामा कर्मचारी खटाउने भएको छ । जग्गा एकीकरण आयोजनालाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन र आयोजनाको कामलाई गति प्रदान गर्न इन्जिनियर सहितको टिम वडा—वडामा खटाउन लागिएको प्रदेश राजधानी जग्गा एकीकरण आयोजनाका अध्यक्ष चौधरीले बताए । राजधानी क्षेत्रका १४ वटै वडाहरुमा इन्जिनियर, अमिन, अधिकृत र सवओभरसियर सहितको कर्मचारी खटाउने गरी काम थालेको अध्यक्ष चौधरीले जानकारी दिए । जसका लागि आवश्यक कर्मचारीहरु नियुक्ति गर्ने तयारी भइरहेको समेत उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?