ट्रेंडिंग:

>> हत्यामा संलग्नमाथि कारबाही गर  >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईका धेरै स्थानहरूमा हुस्सु >> निर्वाचन सुरक्षा योजना तयार >> नमुना सामुदायिक वनको अध्यक्षमा पुनः पौडेल  >> थालीमै विषः कमजोर अनुगमनले बढायो स्वास्थ्य संकट >> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता

निर्वाचन सुरक्षा योजना तयार

९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

काठमाडौँ, ९ पुस ।

आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ एक लाख ३६ हजार म्यादी (अस्थायी) प्रहरी भर्ना गरिने भएको छ ।

‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ कार्ययोजना’ अनुसार प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षार्थ आवश्यक जनशक्ति पदपूर्तिका लागि म्यादी प्रहरी भर्ना कार्यविधि तयार गरी स्वीकृतिका लागि गृह मन्त्रालयसमक्ष पेस गर्ने तयारी गरेको छ । कार्यविधिको मसौदामा निर्वाचन सुरक्षार्थ ४० दिनका लागि एक लाख ३६ हजार ८११ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले निर्वाचन सुरक्षार्थ नेपाल प्रहरीबाट ७७ हजार ७७ जना प्रत्यक्ष रूपमा परिचालन हुने र थप अपुग जनशक्ति एक लाख ३६ हजार म्यादी प्रहरी भर्ना गर्ने गरी गृहकार्य भइरहेको बताउनुभयो ।

निर्वाचन अघि, निर्वाचनको अवधि र निर्वाचनपछि गरी परिचालन हुने म्यादी प्रहरीका लागि प्रहरीको सिपाही सरहको तलब सुविधा, भौगोलिक अवस्था अनुसार पोसाक, दैनिक रासन तथा खाजा भत्ता र भ्रमण भत्तासमेत उपलब्ध गराइने भएको छ ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रका १० हजार ९६७ मतदान स्थल रहने प्रारम्भिक आकलन गरिसकेको छ । प्रहरी प्रधान कार्यालयले प्रहरीबाट अपुग हुने जनशक्ति म्यादी प्रहरीमार्फत भर्ना गर्ने तयारी गरेको हो । कार्यालयले तयार पारेको म्यादी प्रहरी भर्ना कार्यविधि कानुन शाखाले थप अध्ययन गरी सुझाव र आवश्यक परिमार्जनसहित अन्तिम रूप दिएपछि निर्णयका लागि गृह मन्त्रालयमा पेस गर्ने तयारी गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले पनि निर्वाचन सुरक्षार्थ थप आवश्यक जनशक्ति म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ । आइतबार बसेको उक्त बैठकमा गृहमन्त्री अर्याल, प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की, सशस्त्रका आइजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र सैनिक अधिकारीको उपस्थिति रहेको थियो ।

समितिको बैठकले निर्वाचनअघि, निर्वाचनको अवधि र निर्वाचनपछिको सुरक्षा अवस्थाबारे छलफल गरी सोही अनुसारको सुरक्षा तयारी तथा रणनीति अपनाउने निर्णय पनि गरेको छ । निर्वाचनको सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई छुट्टाछुट्टै तीन वटा घेरामा परिचालन गरिने भएको छ । जस अनुसार नेपाल प्रहरी र त्यसमातहत रहने म्यादी प्रहरी पहिलो घेरामा तैनाथ हुने छन् ।

सशस्त्र प्रहरी दोस्रो घेरा र नेपाली सेना तेस्रो घेरामा परिचालन गरिने भएको छ । सेना परिचालन गर्ने निर्णय भइसकेको छ । नेपाली सेनाले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आन्तरिक र एकीकृत सुरक्षा योजनासँगै आफ्नामातहतका निकायलाई परिचालन गरिसकेको छ । ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ कार्ययोजना अनुसार एकीकृत सुरक्षा योजना अनुसार नेपाल प्रहरीले कार्य विभागका प्रमुख उमाप्रसाद चतुर्वेदीको संयोजकत्वमा १५१ सदस्यीय केन्द्रीय सुरक्षा सेल गठन गरी आवश्यक पूर्वतयारी सुरु गरेको छ ।

त्यसै गरी प्रदेश प्रहरी प्रमुख डिआइजीको नेतृत्वमा प्रदेश प्रहरी सेल र जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा जिल्ला निर्वाचन सेल गठन भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सशस्त्रले सशस्त्र प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिसकेको छ । त्यसै गरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा बाहिनी निर्वाचन सेल र सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा गण निर्वाचन सेल र सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा गुल्म निर्वाचन सेल गठन भई निर्वाचन सुरक्षा तयारी सुरु गरिएको छ ।

केन्द्रीय सुरक्षा समितिले वर्तमान सुरक्षा अवस्था र निर्वाचनमा हुन सक्ने सुरक्षा चुनौती विश्लेषण गरी निर्वाचनमा भाग नलिने समूह, फरार कैदी र जेनजी आन्दोलनमा लुटिएका केही हतियारबारे निगरानी गर्नुपर्ने आवश्यकता औँल्याएको छ । निर्वाचन सुरक्षार्थ परिचालन हुने चार वटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्न एकीकृत निर्वाचन सुरक्षा योजना तयार गरी सोही अनुसारको तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?