Butwal Today

राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल

८ पुष २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, ८ पुस ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसँग शीर्ष तीन दलका नेताहरूले गरेको छलफल सकिएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको थियो ।

उनीहरूबीच झण्डै साढे २ घण्टा छलफल भएको हो । दिउँसो साढे ३ बजेबाट भएको छलफल भर्खरै सकिएको हो ।

छलफलका विषयहरू अहिलेसम्म सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?