Butwal Today

पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन

८ पुष २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं, ८ पुस ।

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवाले देशको नेतृत्व गर्ने बेला आएको बताएका छन् । मंगलबार काठमाडौंमा शहीद स्मृति स्पोर्टस एकेडेमीले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन् ।

जेनजी आन्दोलनपछि युवा पुस्ताले देशको नेतृत्व गर्न चाहेको उल्लेख गर्दै उनले भने कि युवाहरूले आफूभन्दा अग्रजहरूलाई सम्मान गर्दै, उनीहरूको अनुभवलाई लिएर आफूलाई नेतृत्वका लागि तयार गर्ने समय आएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनमा ५० प्रतिशतभन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी गरेको पनि उनले बताए ।

उनले भने, “पचास प्रतिशतभन्दा बढी युवाहरू हाम्रो पार्टीको तर्फबाट प्रतिस्पर्धामा जाओस् भन्ने गरी हामीले तयारी गरिरहेका छौँ । बढीभन्दा बढी युवाहरू आगामी निर्वाचनमा प्रतिस्पर्धामा आउनुपर्छ र नेतृत्वमा पनि आउनुपर्छ भन्ने हाम्रो चाहना हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?