Butwal Today

रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता

८ पुष २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ।

दुई नेताबीच सोमबार भेटवार्ता भएको रास्वपा स्रोतले जनाएको छ।

काठमाडौंको कमलपोखरीस्थित रास्वपाका पूर्वसांसद असिम शाहको घरमा भेटवार्ता भएको हो।

भेटमा रास्वपा उपसभापति डिपी अर्याल सहभागी छन्। उनीहरूबीच समसामयिक राजनीतिक परिस्थितीबारे छलफल जारी रहेको स्रोतको भनाई छ।

शुक्रबार कारागारबाट निस्किएलगत्तै रास्वपा सभापति लामिछानेले राजनीतिक गतिविधिलाई तीब्रता दिएका छन्।

उनले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए। त्यसक्रममा उनले वर्तामान सरकारलाई रास्वपाको साथ रहेको बताएका थिए।

सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएपछि रविले आफ्नो पहिलो राजनीतिक भेटघाट बालेन्द्रबाट सुरु गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?