© २०२३
काठमाडौं, ७ पुस ।
भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगामनामा निर्माणाधीन घरमा एक मजदुरको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार बिहान सवा ६ बजेतिर निर्माणाधीन घरको भुईँ तलामा सोही घरमा काम गर्ने ३४ वर्षीय पूर्ण ठकुरी मृत अवस्थामा भेटिएका थिए ।
उदयपुर घर भएका ठकुरीको हत्यामा सोही घरमा काम गर्ने अर्का मजदुरको संलग्न देखिएपछि ती व्यक्तिलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी गाउँपालिका–३ का २७ वर्षीय सञ्जिव याखा छन् । प्रहरीले जनाएको छ, उनले आइतबार राति कुटपिट गरी ठकुरीको हत्या गरेको खुलेको छ ।