Butwal Today

ओली देउवा भेट्न महाराजगञ्ज पुगे

७ पुष २०८२, सोमबार
अ+
अ-

काठमाडौं, ७ पुस

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । ओली महासचिव शंकर पोखरेललाई समेत लिएर महाराजगञ्ज पुगेका थिए । भेटमा देउवा पत्नी आरजु राणा देउवा पनि उपस्थित थिइन् ।

कांग्रेस सभापति देउवालाई भेट्न एमाले अध्यक्ष ओली महाराजगञ्ज पुगेका हुन् । यसअघि मंसिर १० गते ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न गएका थिए ।

देउवा–ओली भेटपछि कांग्रेसका आठ पूर्वसांसदको वारेसमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै रिट दायर भएको थियो । एमाले भने त्यसअघि नै रिट लिएर सर्वोच्च अदालत पुगेको थियो ।

भदौको जेनजी आन्दोलनपछि देउवा–ओली दोस्रोपटक भेट भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?