© २०२३
काठमाडौँ ।
मिराज ढुङ्गानाको नेतृत्वमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनका क्रममा निकोलस भुसाललगायतका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।माइतीघर मण्डलामा ढुङ्गानाको नेतृत्वमा रहेको जेनजी समूहले प्रदर्शन गरेको थियो । सो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।
काठमाडौँ प्रशासनले माइतीघर क्षेत्रमा उक्त समूहलाई प्रदर्शन गर्न अनुमति नदिएको जनाएको छ । स्थानीय प्रशासनको अनुमति अवज्ञा गर्दै प्रदर्शन गरेपछि निकोलस भुसाललगायतलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच, जेनजी समूहले आज देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ ।