© २०२३
काठमाडौं, ७ पुस ।
सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा माइतीघर मण्डलाबाट ५ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा पर्नेमा रविकिरण हमालसहितका पाँच जना रहेका छन् ।
प्रदर्शनमा सहभागी युवाहरूले सर्वपक्षीय सरकार गठन भएपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् । उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।