Butwal Today

संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने

६ पुष २०८२, आइतबार
अ+
अ-

काठमाडौं, ६ पुस ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् पुनर्स्थापनाका लागि दौडधुप भइरहेको भन्ने सूचना आफूले पाएको भन्दै षड्यन्त्रको आँखा बन्द गर्न आग्रह गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा पुगेका उनले यस्तो बताएका हुन् ।

लामिछानेले भने, “म सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थाले रे । कुन संसद् पुनर्स्थापनाको कुरा गर्न लाग्नुभएको ? कुन संसद् ब्युँझाउन खोज्नुभएको ? जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नुभएको ? षड्यन्त्रको आँखा बन्द गर्नुहोला । धेरै आँखा नचम्काउनुहोला ।”

उनले भत्किएको सिंहदरबार बनाएर मात्र काम हुँदैन, बदल्नुपर्ने अवस्था आएको पनि बताए ।

“सिंहदरबार बनाएर मात्रै हुँदैन । सिंहदरबार बदल्नु छ । भत्किएका संरचना बनाउने मात्र होइन, बदल्ने पनि छ । जेनजीले गरेको योगदानलाई पूरा गर्नका लागि लाग्नुपर्नेछ,” लामिछानेले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?