Butwal Today

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

६ पुष २०८२, आइतबार
अ+
अ-

काठमाडौं, ६ पुस ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पूर्ववत् पार्टी गतिविधिमा सक्रिय भएका छन् ।

शुक्रबार रिहा भएका सभापति लामिछानेको अध्यक्षतामा आज रास्वपाको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक अपराह्न ४ बजेका लागि तय गरिएको छ ।

बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने छन्, प्रवक्ता मनिष झाले जानकारी गराए । केन्द्रीय समिति बैठकअघि पार्टी नेता तथा कार्यकर्ताले सभापति लामिछानेलाई दिउँसो ३ बजे स्वागत गर्ने कार्यक्रम तय गरेका छन् ।

शुक्रबार रिहा भएका सभापति लामिछानेले शनिबार चितवनको सभा सकेर काठमाडौं फर्केका थिए र जेनजी आन्दोलनमा सहिद भएका परिवारलाई भेटेका थिए । सहकारी ठगी प्रकरणमा जेल चलान भएपछि डोलप्रसाद अर्याल रास्वपाको कार्यवाहक सभापति थिए ।

लामिछाने रिहा भएलगत्तै रास्वपाले उनी पार्टी गतिविधिमा पूर्ववत् सक्रिय हुने जानकारीसमेत गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?