Butwal Today

रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान

६ पुष २०८२, आइतबार
अ+
अ-

काठमाडौं, ६ पुस ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ आकांक्षी उम्मेदवार प्रदीप तिमिल्सिना (साजन) नेतृत्वमा भक्तपुरको गुण्डु क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरिएको छ । गुण्डु क्षेत्र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास क्षेत्र पनि हो ।

समानुपातिक उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत प्रारम्भिक सूचीमा परेका उम्मेदवारहरूलाई पार्टीले घरदैलो अभियानमा खटाएको हो । साजनले भने, “घरदैलो अभियानका लागि पार्टीले मलाई गुण्डुमा खटाएको हो, म र्‍यापिड एक्सन टीम (र्‍याट) को संयोजक भएकाले होला ।”

रास्वपाले समानुपातिक उम्मेदवारका ३५३ आकांक्षीहरूको प्रारम्भिक सूची सार्वजनिक गरिसकेको छ र अन्तिम सूची १४ पुसमा प्रकाशित गर्ने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?