ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय

५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

तिलोत्तमा ।

रुपन्देहीको तिलोत्तमास्थित होराइजन गौतमबुद्ध माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न भएको जिल्ला स्तरीय अन्तर-विद्यालय हाजिरीजवाफ प्रतियोगितामा अक्सफोर्ड माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ४८ विद्यालयका विद्यार्थी समूहहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कठिन छनौट चरण पार गर्दै फाइनल राउन्डमा अक्सफोर्ड मा वि, लिटल प्याराडाइज, सुनगाभा, बुद्ध पब्लिक, ग्रिन प्लान्ट र एभरेष्ट माविले स्थान बनाएका थिए। फाइनलको रोचक भिडन्तपछि अन्तिम नतिजामा अक्सफोर्ड मा वि प्रथम, सुनगाभा मा वि द्वितीय, ग्रिन प्लान्ट बोडिङ्ग स्कुल तृतीय र बुद्ध पब्लिक मा वि ले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय र सान्त्वना हासिल गर्ने विद्यालयका विद्यार्थीहरूले क्रमश २० हजार,१५ हजार,१० हजार र ५ हजार नगदसँगै शिल्ड र प्रमाणपत्र समेत प्राप्त गरेका छन्।

कार्यक्रमका बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले होराइजन माविको प्रशंसा गर्दै भने, “यो संस्था राष्ट्रकै अग्रणी शैक्षिक प्रतिष्ठान हो, जसले हरेक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याएर अभिभावकहरूको विश्वास जितेको छ।” त्यस्तै, विशिष्ट अतिथि शिक्षा समन्वय इकाइ प्रमुख विष्णु प्रसाद पन्थीले होराइजन अब एउटा ‘ब्रान्ड’ बनिसकेको उल्लेख गर्दै राष्ट्रिय स्तरका कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिए। राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनीका प्रमुख रमाकान्त तिवारीले होराइजनका कार्यक्रमहरू अन्य विद्यालयका लागि पनि अनुकरणीय हुने समेत बताए।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष फर्सुराम गिरी, अभिभावक संघका लुम्बिनी प्रदेशका अध्यक्ष यम थापा, विद्यालयका प्राचार्य गोपाल प्रसाद आचार्य, शैक्षिक निर्देशक लक्ष्मण गौतम, उपप्राचार्यद्वय इन्द्र भुसाल,  ज्ञानेश्वर ज्ञवाली लगायतको उपस्थिति रहेको थियो।

शिक्षक रिषीराम पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको औपचारिक सञ्चालन प्राध्यापक नारायण पन्थले गरेका थिए भने अनौपचारिक सत्रको सञ्चालन शिक्षकहरू रिषी पौडेल, कृष्ण पौडेल र विजय पराजुलीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?