ट्रेंडिंग:

>> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण

५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

बुटवल, ५ पुस ।

बुटवलमा शङ्ख बजाउने प्रशिक्षण सम्पन्न भएको छ । धर्म, संस्कार कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक लुम्बिनी पूजा सामग्री भण्डार बुटवलद्वारा सामूहिक शङ्ख बजाउने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

विश्व हिन्दु महासङ्घ बुटवलको सभाहलमा आयोजित कार्यक्रममा २० जना प्रशिक्षकहरूले विभिन्न समूहमा प्रशिक्षार्थीहरूलाई विभाजन गरी शङ्ख बजाउन अभ्यास गराएका थिए ।

कार्यक्रममा शङ्खको उत्पति, परिचय, शङ्खको धार्मिक, सांस्कृतिक वैज्ञानिक महत्व, शङ्ख फुक्दा स्वास्थ्यमा, वास्तुमा, पर्यावरणमा हुने लाभको बारेमा वाचन सम्राट एवं धार्मिक अभियन्ता भीमकान्त पन्थीजीले कार्यपत्र पेश गरेका थिए ।

 प्राध्यापक डाक्टर बाबुराम ज्ञवालीले गीता र विभिन्न पुराणहरुमा शङ्खको महिमा,स्थान र कथा प्रसंग भएको उल्लेख गरेका थिए । सञ्चारकर्मी खेम रेग्मीले यस प्रकारका कार्यक्रमले हाम्रो धर्म संस्कृतिको रक्षार्थ ठूलो टेवा पुर्याउने र यस्ता कार्यक्रम निरन्तर गरिरहनुपर्ने कुरामा जोड दिएका थिए ।

घरघरमा शङ्ख भएर पनि बिहान साँझको नित्य पूजामा बज्न छोडेको, शंख बजाउने इच्छा भएर पनि बजाउन नजानेको र कतिपय देवकार्यमा समेत बज्न छोडेकोले शङ्ख प्रशिक्षण कार्यक्रमक मार्फत सबैलाई शङ्ख बजाउन सिकाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको विश्व ज्योतिष महासङ्घ लुम्बिनी प्रदेशका सभापति जनार्दन न्यौपानले जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दु महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष अधिवक्ता बेनबहादुर पौडेलले जीवनमा पहिलोपटक यस प्रकारको कार्यक्रम देख्ने अवसर पाएको र साँच्चिकै यसले हाम्रो सनातन धर्म संस्कृतिको रक्षार्थ ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

आगामी दिनमा पनि पूजासामग्री भण्डारले विभिन्न प्रशिक्षण एवम् कार्यक्रमलाई निरन्तर अगाडि बढाइरहने कार्यक्रमका संयोजक एवं अध्यक्ष सुन्दर भण्डारी बताए । लुम्बिनी प्रदेश र नेपाल भारत सीमावर्ती क्षेत्रबाट समेत गरी २५० जनाको सहभागिता रहेको कार्यक्रममा महिला, युवा, ज्येष्ठ नागरिक, धार्मिक अभियन्ता, ज्योतिष पण्डित आदिको उत्साहजनक उपस्थित थियो । आचार्य कमल पौडेलले संचालन गरेको कार्यक्रममा प्रशिक्षार्थीले जीवनमै पहिलोपटक यसरी विभिन्न कला स्वर सहित निःशुल्क शङ्ख बजाउन तालिम पाएकोमा अत्यन्त खुसी लागेको कुरा व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?