Butwal Today

रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित)

४ पुष २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीय नेतृत्व मञ्चमा १७ जनालाई मनोनयन गरेको छ । शुक्रबार बसेको सचिवालयको आकस्मिक बैठकले पहिलो चरणमा १७ जनालाई मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

मनोनीत हुनेमा विवेकशील साझाबाट एकतामा आएका समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, विमला अधिकारी, रञ्जु दर्शना लगायत रहेका छन् । यसअघि रास्वपाले पार्टी एकतामा आएका नेताहरूको अल्पकालीन व्यवस्थाका लागि सङ्घीय नेतृत्व मञ्च बनाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?