© २०२३
काठमाडौं, ४ पुस ।
नेकपा एमालेले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी रहने केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने भएको छ ।
शुक्रबार काठमाडौंमा जारी नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले यसबारे जानकारी दिएका हुन् । उनका अनुसार, केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य र पदाधिकारी रहने सल्लाहकार परिषद् गठन गरिने छ ।
बैठकमा अहिले अन्य निर्णयहरू निर्णयार्थ पेश हुँदैछन् । साथै, एमालेले आगामी पुस २७–२९ गतेसम्म दोश्रो केन्द्रीय कमिटी बैठक बोलाएको छ ।