Butwal Today

अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी

३ पुष २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, ३ मंसिर ।

नेकपा एमालेको एघारौं महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित केपी शर्मा ओलीले शपथ ग्रहण गर्न लागेका छन् ।

अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै ओली तेस्रो पटक पार्टीको अध्यक्षमा निर्वाचित भएका हुन् । पार्टी विधानअनुसार अब उनी पद तथा गोपनीयताको शपथ लिन लागेका छन् ।

शपथ ग्रहणअघि महाधिवेशन आयोजनास्थल भृकुटीमण्डपमा ओलीसहित निर्वाचित पदाधिकारीहरूलाई नेता तथा कार्यकर्ताहरूले माला र खादा लगाएर बधाई दिइरहेका छन् । अध्यक्ष ओलीले शपथ ग्रहण गरेपछि अन्य निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई समेत शपथ गराउने कार्यक्रम तय छ ।

केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली समूहका उम्मेदवारहरूको वर्चश्व स्पष्ट देखिएको छ ।

दुई प्यानल छुट्टाछुट्टै बनाएर चुनावमा उत्रिएकोमा अधिकांश पदमा ओली प्यानलकै उम्मेदवार विजयी भएका छन् । पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्र विजयी भएका छन् । सचिव पदका सबै विजेताहरू ओली प्यानलकै उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?