Butwal Today

पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

३ पुष २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

नेकपा एमालेको ११औं महाधिवेशनमा पृथ्वीसुब्बा गुरुङ पदाधिकारीमध्ये सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।

बिहीबार सम्पन्न मतगणनाअनुसार गुरुङ सबैभन्दा बढी मत ल्याउने पदाधिकारी बनेका हुन् र उनले अध्यक्ष केपी शर्मा ओली भन्दा बढी मत पाएका छन् ।

उपाध्यक्षमा निर्वाचित गुरुङले १,७३७ मत प्राप्त गरेका छन्, जबकि अध्यक्ष ओलीले १,६६३ मत पाएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार विष्णु पौडेलले पनि अध्यक्ष ओलीको भन्दा बढी मत प्राप्त गरेका छन्, उनीले १,६७५ मत पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?