Butwal Today

एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी

३ पुष २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, ३ पुस ।

नेकपा एमालेको ११औं महाधिवेशनबाट पूर्व र बहालवाला गरी ६ जना मुख्यमन्त्रीहरू पदाधिकारीमा विजयी भएका छन् । बिहीबार दिउँसो सम्पन्न मतपरिणामअनुसार दुई जना बहालवाला र चार जना पूर्वमुख्यमन्त्रीहरू पदाधिकारीमा विजयी भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल सचिवमा निर्वाचित भएका छन् । यस्तै, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई र गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी पनि सचिव पदमा विजयी भएका छन् ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ उपाध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतअनुसार उनी सर्वाधिक मतसहित (१,७३७) पदाधिकारीमा विजयी भएका नेता बनेका छन् ।

त्यस्तै, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोख्रेल महासचिवमा निर्वाचित भएका छन् । उनले सुरेन्द्र पाण्डेलाई २२९ मतले पराजित गर्दै महासचिवमा दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।एक जना पूर्वमुख्यमन्त्री भने पराजित भएका छन् । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्य उपाध्यक्षमा पराजित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?