Butwal Today

एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित

३ पुष २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीनिकट नेता विष्णु रिमाल उपमहासचिव पदमा पराजित भएका छन् । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन् ।

निर्वाचित हुनेहरूमध्ये लेखराज भट्टले १,४५२ मत प्राप्त गरेका छन् । यस्तै, रघुवीर महासेठले १,३६८ र योगेश भट्टराईले १,३४८ मत प्राप्त गरेका छन् । एमालेमा तीन जना उपमहासचिव रहने व्यवस्था छ ।

उपमहासचिव पदमा सात जनाको उम्मेदवारी परेको थियो । ओलीनिकट नेता विष्णु रिमाल चौथो स्थानमा रहँदै १,०९१ मत प्राप्त गरे ।

त्यस्तै, पाँचौँ स्थानमा रहेका आनन्दप्रसाद पोखरेलले ६३५ र छैटौँ स्थानमा रहेका वैजनाथ चौधरीले ५१७ मत प्राप्त गरेका छन् । अन्तिम स्थानमा रहेका राजेन्द्रप्रसाद गौतमले २७० मत प्राप्त गरे ।

उपमहासचिव पदको मत परिणामः

लेखराज भट्ट – १,४५२
रघुवीर महासेठ – १,३६८
योगेश भट्टराई – १,३४८
विष्णु रिमाल – १,०९१
आनन्दप्रसाद पोखरेल – ६३५
वैजनाथ चौधरी – ५१७
राजेन्द्रप्रसाद गौतम – २७०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?