© २०२३
काठमान्डौ, ३ पुष ।
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतगणना जारी छ ।
पछिल्लो मतपरिणामअनुसार ओली प्यानलका उम्मेदवारहरूको अग्रता स्पष्ट देखिएको छ ।
तीन सदस्यीय उपमहासचिव पदका लागि लेखराज भट्टले अग्रता लिएका छन् । उनले ७३४ मत प्राप्त गरेका छन् । यस्तै, योगेश भट्टराई दोस्रो स्थानमा छन् भने उनले ७०९ मत हासिल गरेका छन् । तेस्रो स्थानमा रघुवीर महासेठ ६८९ मतसहित रहेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिने विष्णु रिमालले ५४० मत प्राप्त गरेका छन्, तर उनी शीर्ष तीनमा पर्न सकेका छैनन् । यो विषय पार्टी भित्र चर्चा भइरहेको छ ।
अन्य उम्मेदवारमध्ये आनन्द प्रसाद पोख्रेलले ३३४, राजेन्द्र प्रसाद गौतमले १४० र वैजनाथ चौधरीले २७१ मत प्राप्त गरेका छन् ।