Butwal Today

एमाले मतगणना : मतान्तर बढाउँदै ओली 

३ पुष २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, ३ पुष ।

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणामअनुसार अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले ३३३ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् भने वरिष्ठ उपाध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले ११० मत हासिल गरेका छन् ।

यस्तै, महासचिव पदतर्फ शंकर पोखरेलले २४९ मतसहित अग्रता लिएका छन् भने उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले १४९ मत प्राप्त गरेका छन् । मतगणना अझै जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?