© २०२३
काठमाडौँ ।
नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत भइरहेको निर्वाचनमा हालसम्म ४१५ मत खसेका छन् । राजधानीको भृकुटीमण्डपमा जारी मतदान बिहानको तुलनामा सुस्त गतिमा भइरहेको एमाले नेता सानुराज पोखरेलले जानकारी दिए ।
नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा कुल २,२६३ जना मतदाता रहेका छन् । मतदान भित्र जारी रहँदा बाहिर भने नेता तथा कार्यकर्ताहरूले आ–आफ्नो पक्षमा मत माग्दै प्रचार–प्रसार गरिरहेका छन् ।