Butwal Today

ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित)

१ पुष २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

नेकपा एमालेको निर्वाचनमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल नेतृत्वको समूहले आफ्नो प्यानल टुंग्याएको छ । प्यानल सूचीअनुसार उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंक कार्की, बिन्दा पाण्डे र पर्शुमेघी गुरुङ रहेका छन् ।

यस्तै, महासचिवमा सुरेन्द्र पाण्डे तथा उपमहासचिवमा योगेश भट्टराई र वैजनाथ चौधरी रहेका छन् । तीन उपमहासचिव रहने व्यवस्था भए पनि उक्त प्यानलमा एक जना उपमहासचिवको नाम समावेश गरिएको छैन ।

यसैगरी, सचिवमा ९ जनाको नाम समावेश गरिएको छ ।