ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने

१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

काठमाडौँ ।

नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ । महाधिवेशनको बन्दसत्र हल भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेशिनमार्फत मतदान गरिनेछ । मतदानका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा भएको छ ।

यसअघि दिउँसो १ बजेदेखि मतदान सुरु हुने भनिए पनि प्राविधिक कारणले कार्यतालिका सरेको भोटिङ मेशिनका प्राविधिक नवराज पाण्डेले जानकारी दिए ।

पार्टीको ११औँ महाधिवेशनमा देशभरबाट २ हजार २६३ जना प्रतिनिधि सहभागी भएका छन् । महाधिवेशनमार्फत १९ जना पदाधिकारी, ३०१ जना केन्द्रीय सदस्य तथा केन्द्रीय निकायका पदाधिकारीसहित कुल ३५१ जनाको नयाँ नेतृत्व चयन गरिँदैछ ।

चुनावी प्रतिस्पर्धामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन् । दुवै पक्षबाट गरी करिब ७ सयभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् ।

प्राविधिक पाण्डेका अनुसार मतदानस्थलमा ८० वटा भोटिङ मेशिन राखिएका छन् । एक जना प्रतिनिधिले मतदान गर्न औसतमा ३५ देखि ४० मिनेट समय लाग्ने उनले बताए ।

उनका अनुसार साक्षर प्रतिनिधिले उम्मेदवार चिन्न सजिलो भएकाले छिटो मतदान गर्न सक्छन् । तर उम्मेदवार नचिनेका वा साक्षरता कमजोर भएका प्रतिनिधिलाई बढी समय लाग्ने अनुभव छ । पढेका र उम्मेदवारलाई राम्ररी चिनेका प्रतिनिधिले २० मिनेटमै मतदान सक्न सक्छन् भने ढिला गर्नेले ४० देखि ४५ मिनेटसम्म समय लिने गरेका छन् ।

मतदानमा समय लाग्नुको मुख्य कारण उम्मेदवारको संख्या धेरै हुनु र सबै उम्मेदवारको नाम पढ्नुपर्ने भएको पाण्डेले बताए । भोटिङ मेशिनमा उम्मेदवारको फोटो देखिए पनि प्यानल छुट्टै नआउने भएकाले मतदान प्रक्रिया लामो हुने उनको भनाइ छ ।

८० वटा मेशिनमा एकै पटक मतदान गर्दा करिब ४० मिनेटमा ८० जनाले मतदान गर्न सक्ने भएकाले सम्पूर्ण मतदान प्रक्रिया सकिन कम्तीमा १८ घण्टा लाग्ने अनुमान गरिएको छ । विभिन्न कारणले मतदान बीचमा रोकिन सक्ने भएकाले २० देखि २४ घण्टाभित्र मतदान सम्पन्न हुने उनले बताए ।

मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ । भोटिङ मेशिनले तत्कालै परिणाम दिने भए पनि सबै मेशिनबीच नेटवर्किङ नभएकाले प्रत्येक मेशिनको मत छुट्टाछुट्टै सङ्कलन गर्नुपर्ने हुन्छ । सबै मेशिनको मत जोडेर अन्तिम परिणाम सार्वजनिक गर्न डेढदेखि तीन घण्टासम्म लाग्ने पाण्डेले जानकारी दिए ।

उनका अनुसार नेतृत्वबाट कुनै अवरोध नआए आज रातभरमै मतदान सकिने र भोलि दिउँसोसम्म अन्तिम परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?