ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर

१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

काठमान्डौ, १ पुष ।

जेनजी आन्दोलनकी अगुवा तनुजा पाण्डेले आफूलाई जेनजीको प्रतिनिधि दाबी गर्ने सुदन गुरुङलाई आन्दोलनको नाम दुरुपयोग नगर्न कडा चेतावनी दिएकी छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पाण्डेले नेपाल कसैको ‘प्रयोगशाला’ नभएको स्पष्ट गर्दै गैरजिम्मेवार अभिव्यक्ति र गतिविधि बन्द गर्न आग्रह गरेकी हुन् ।

पाण्डेले सामाजिक सञ्जालमा लेखेकी छन्, “राजनीतिमा राजनीतिक चेतना किन आवश्यक हुन्छ भन्ने कुरा ‘जेठो छोरो’लाई हेरेर नै आँकलन गर्न सकिन्छ । अत्यधिक पुलपुलिएको व्यवहारले आन्दोलनलाई नै कमजोर बनाउँछ ।” उनले माग पूरा नभए जेनजी आन्दोलन ‘फेल’ हुन्छ भन्ने कथ्य जबरजस्ती थोपरिनु गलत भएको उल्लेख गर्दै यस्तो प्रदर्शनमुखी रवैया लज्जास्पद भएको टिप्पणी गरेकी छन् । निष्पक्षताको अपेक्षा गर्नेले सर्वप्रथम आफैँबाट त्यो संस्कार सुरु गर्नुपर्ने उनको भनाइ छ ।

सुदन गुरुङलाई प्रधानमन्त्री सुशीला कार्कीको ‘जेठो छोरो’को संज्ञा दिँदै पाण्डेले उनले समय–समयमा विरोधाभासपूर्ण अभिव्यक्ति दिँदै आएको आरोप लगाएकी छन् । “कहिले नेताहरूलाई निर्वाचनमा आउन नदिने घोषणा गर्ने, कहिले राजनीतिक दल नै आवश्यक छैन भन्ने, अनि फेरि बहुदलीय लोकतन्त्रको वकालत गर्ने तर तिनै दलहरूलाई बेवास्ता गर्दै एकपक्षीय सम्झौता गर्ने—यस्ता विरोधाभास राजनीति होइन, असंगत नाटक हुन्,” पाण्डेले लेखेकी छन् ।

उनले अरूको आलोचना गर्नुभन्दा पहिले आफ्नै व्यवहारमाथि आत्म-विश्लेषण गर्न गुरुङलाई सुझाव दिएकी छन् । पछिल्ला तीन महिनामा उनका अस्थिर र असंगत कदमले देश र आन्दोलनलाई क्षति पुर्‍याएको दाबी गर्दै पाण्डेले संसद् भत्काउने र पुनःस्थापना गर्ने, कहिले चुनाव गर्ने त कहिले नगर्ने जस्ता मनपरी निर्णय अस्वीकार्य भएको उल्लेख गरेकी छन् ।

“खबरदार, नेपाल कसैको प्रयोगशाला होइन,” भन्दै उनले व्यक्तिगत एजेन्डा अघि सार्न सहिद र जेनजी आन्दोलनको नाम बेच्ने काम तत्काल बन्द गर्न आग्रह गरेकी छन् । ७० प्रतिशत सिट माग्ने व्यक्तिले त्यसको गम्भीरता बुझ्नुपर्ने उल्लेख गर्दै नैतिक, व्यवहारिक र निरन्तरशील हुनुपर्नेमा पनि उनले जोड दिएकी छन् । अरूमा क्षमता खोजिरहँदा आफ्नै क्षमता नहेर्नु पाखण्ड भएको र यसले राजनीतिक नैतिकतामाथि प्रश्न उठाउने उनको टिप्पणी छ ।

पाण्डेले अन्त्यमा गुरुङलाई केही समय विश्राम लिन सुझाव दिँदै आफ्नो दक्षताको क्षेत्रमा केन्द्रित हुन आग्रह गरेकी छन् । गम्भीर राजनीतिक विषयमा जिम्मेवारीबिनाका टिप्पणीहरू देशको शान्ति र स्थायित्वका लागि चिन्ताजनक बन्दै गएको उनको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?