© २०२३
काठमाडौँ, २९ मंसिर ।
नेकपा एमालेको ११औँ महाधिवेशनमा उम्मेदवारी दर्ताको समय सकिएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय सकिएको जानकारी दिएको छ र कार्यालयको ढोका समेत बन्द गरेको छ ।
सोमबार दिउँसो ३ बजेपछि उम्मेदवारी दर्ताको समय तोकिएको थियो । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको छ । यी दुवै नेताले प्यानलगत प्रतिस्पर्धा गर्दैछन् ।
महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदमा पनि उम्मेदवारी दर्ताको समय सकिएको छ ।एमालेमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ । आजै उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।