© २०२३
काठमाडौँ ।
एमाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका केपी शर्मा ओलीको प्रस्तावकमा रामबहादुर थापा ‘बादल’ र समर्थकमा विष्णु पौडेल रहेका छन् ।
ओलीले सोमबार अपराह्न भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ओलीले तेस्रो पटक पार्टीको नेतृत्व गर्ने लक्ष्यसहित उम्मेदवारी दर्ता गरेका हुन् । उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्वमा चुनौती दिएका छन् ।