© 2026
काठमाडौँ ।
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेलको टिममा स्वतन्त्र उम्मेदवारी दिएका भनिएका नेताहरू समेत समेटिएका छन् ।
पोखरेलको टिममा उपाध्यक्ष पदका लागि गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टंक कार्कीलाई समेटिएको छ । उपाध्यक्षमा एक जना बढी भएकाले पछि छलफल गरेर टिममा समायोजन गरिने पोखरेल समूहका एक नेताले बताए ।
उपमहासचिवमा योगेश भट्टराई, आनन्द पोखरेल र बैजनाथ चौधरीको उम्मेदवारी रहेको छ भने महासचिव पदमा सुरेन्द्र पाण्डेको उम्मेदवारी छ ।
सचिव पदका लागि रचना खड्का, कर्ण थापा, गोकुल बास्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको उम्मेदवारी रहेको छ ।