© २०२३
काठमाडौं, २९ मंसिर ।
नेकपा (एमाले) अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार तोकिएको छ । मंगलबार हुने मतदानका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो ।
निर्वाचन प्रक्रिया सुरु भएसँगै उम्मेदवारी शुल्क तोकिएको हो । पदाधिकारी र केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार तोकिएको छ भने केन्द्रीय सदस्य र आयोगका अन्य पदाधिकारीका लागि ५ हजार शुल्क तोकिएको छ ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्रतिस्पर्धामा छन् । दुवै उम्मेदवारले आफ्ना प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । दुवैले उपाध्यक्ष, उपमहासचिव र सचिवका उम्मेदवार टुंगो लगाइसकेका छन् ।
एमालेले आगामी कार्यकालका लागि १९ जना पदाधिकारीको व्यवस्था गरेको छ । सबै पदाधिकारी पदमा निर्वाचन हुने निश्चित भएको छ । मतदान पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म हुने कार्यतालिका तय गरिएको छ ।