© 2026
काठमाडौं, २९ मंसिर ।
एमाले महाधिवेशनमा केपी शर्मा ओली समूहबाट पदाधिकारीका लागि प्रस्तावित नाममध्ये लेखराज भट्ट र भानुभक्त ढकालको नाममा फेरबदल भएको छ ।
लेखराज भट्टलाई सचिव पदमा दोहोर्याउन नमानेपछि ओली समूहले यसअघि सचिवका रूपमा प्रस्तावित भानुभक्त ढकाललाई सचिवबाट हटाएर भट्टलाई उपमहासचिव बनाउने तयारी गरेको हो ।
भट्टले अब उपमहासचिव पदका लागि उम्मेदवारी दिने भएको जानकारी दिएका छन् । उनले -‘म अब उपमहासचिव पदको उम्मेदवारी दिन्छु ।’
माओवादी धारबाट आएका भट्ट १०औँ महाधिवेशनमा सचिव निर्वाचित भएका थिए । तर यसपटक पदाधिकारीमै नरहेका भानुभक्त ढकाललाई ओली समूहले सचिवका रूपमा अघि सारेपछि असन्तुष्टि बढेको थियो ।