Butwal Today

ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम

२९ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, २९ मंसिर ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल नेकपा एमालेको केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेकी छन् ।

अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट प्रस्तुत उम्मेदवारको सूचीमा डंगोलको नाम समावेश गरिएको छ । राजधानी विशेष प्रदेशबाट महिलातर्फ केन्द्रीय सदस्यको उम्मेदवारमा उनको नाम राखिएको छ ।

त्यस्तै राजधानी विशेष प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि विद्यासुन्दर शाक्य र सुजिता शाक्यको नाम पनि सूचीमा समावेश छ ।

एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ ।