© 2026
काठमान्डौ, २९ मंसिर ।
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले महाधिवेशनका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा आफूले विगतका गल्ती स्वीकार गर्दै समर्थन र मत मागिरहेको बताएकी छन् । एमालेबाट विद्रोह गरी तत्कालीन एकीकृत समाजवादीमा सहभागी भएकी झाँक्री केही समयअघि मात्रै पुनः एमालेमै फर्किएकी हुन् ।
महाधिवेशनस्थल भृकुटीमण्डपमा जारी एघारौँ राष्ट्रिय महाधिवेशनको माहोल र प्रतिनिधिहरूसँगको घुलमिलबारे पत्रकारहरूले राखेको जिज्ञासामा झाँक्रीले हाँस्दै प्रतिक्रिया दिएकी थिइन् ।
सोमबार पत्रकारले उनलाई, ‘नेता–कार्यकर्तासँग कसरी घुलमिल हुनुभएको छ रु पहिले गल्ती भयो, अब पार्टीमा फर्किएको छु, मलाई साथ दिनुहोस् भनेर प्रतिनिधिहरूलाई कसरी रिझाउँदै हुनुहुन्छ रु’ भनी प्रश्न गरेका थिए ।
पत्रकारको प्रश्न सकिन नपाउँदै झाँक्रीले हाँस्दै जवाफ दिँदै भनिन्, ‘मैले भन्ने कुरा त सबै तपाईंले नै सिकाइदिनुभयो, अस्तिदेखि त्यही भनिरहेकी छु ।’
हाल महाधिवेशन स्थलमा झाँक्री प्रतिनिधिहरूसँग बाक्लो भेटघाट र छलफलमा व्यस्त छिन् ।