Butwal Today

एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात

२९ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, २९ मंसिर ।

नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका लागि पार्टीले खाना तथा नास्ताको व्यापक व्यवस्था मिलाएको छ ।

खाना–नास्ता व्यवस्थापनको जिम्मेवारी कार्की क्याटरिङ सर्भिसले पाएको छ । सहभागीहरूलाई बिहानको नास्तामा ब्रेड, चना, फ्रेन्चफ्राइज, ससेज, अण्डा तथा चिया–कफी उपलब्ध गराइएको छ । फलफूलमा मेवा, खरबुजा लगायतका विभिन्न आइटम समावेश गरिएको छ ।

यसैगरी मुख्य खानामा मासु–भातको व्यवस्था गरिएको छ भने मासु नखाने सहभागीहरूका लागि दाल, भात, तरकारी, सलादलगायतका विकल्प पनि राखिएको छ ।

मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको एमालेको एघारौँ महाधिवेशनको बन्दसत्र मंसिर २८ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी रहेको छ ।

भृकुटीमण्डपको प्रदर्शनी कक्षको हललाई खाना तथा नास्ता ग्रहण गर्ने स्थानका रूपमा प्रयोग गरिएको छ । सो स्थानमा ‘खाना थपेर खाऔँ, खेर नफालौँ’ भन्ने सन्देश ठूलो अक्षरमा लेखेर खाद्य अपव्यय न्यूनीकरणमा समेत ध्यान दिइएको छ ।