ट्रेंडिंग:

>> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य

एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब

२८ मंसिर २०८२, आइतबार
२८ मंसिर २०८२, आइतबार

 काठमाडौं, २८ मंसिर ।

नेकपा एमालेको केन्द्रीय कमिटीमा जेन–जी पुस्ताको १५ प्रतिशत प्रतिनिधित्व गराउने विषयमा आवाज उठेको छ । पार्टीका प्रचार प्रमुख राजेन्द्र गौतमले सो जानकारी दिएका हुन् ।

गौतमका अनुसार ४० वर्ष मुनिका प्रतिनिधिहरूलाई केन्द्रीय कमिटीमा कसरी समेट्ने भन्ने विषयमा छलफल भइरहेको छ । त्यसका लागि छुट्टै क्लस्टर तयार पार्ने जिम्मेवारी पार्टी नेतृत्वलाई दिइएको उनले बताए ।

उनले भने, ‘अन्डर फोर्टी समूहबाट आएका प्रतिनिधिहरूका लागि क्लस्टर तयार गर्न नेतृत्वलाई जिम्मेवारी दिइएको छ ।

विद्यमान क्लस्टरहरूमा पनि युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न केन्द्रीय कमिटी सदस्यहरूको विशेष जोड रहेको छ । यस विषयमा नेतृत्वको गम्भीर ध्यानाकर्षण गराइएको छ । अझ स्पष्ट रूपमा भन्नुपर्दा अन्डर फोर्टीको प्रतिनिधित्व १५ प्रतिशतसम्म हुनुपर्छ भन्ने आवाज उठेको छ ।’

उनका अनुसार यस विषयमा थप छलफल गरी अन्तिम निष्कर्षमा पुर्‍याइनेछ । नेकपा एमालेको दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले गत भदौमा सम्पन्न विधान महाधिवेशनबाट कायम २५१ सदस्यीय केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउने निर्णय गरेको छ ।

सो निर्णयअनुसार वरिष्ठ उपाध्यक्ष पद हटाइएको छ ।

नयाँ संरचनाअनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहनेछन् । ३०१ सदस्यीय केन्द्रीय कमिटीमध्ये एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरो सदस्य संख्याको एक तिहाइ स्थायी कमिटी गठन गरिनेछ ।

केन्द्रीय कमिटीले गरेको उक्त निर्णय महाधिवेशनको बन्दसत्रबाट अनुमोदन गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?