Butwal Today

म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य

२८ मंसिर २०८२, आइतबार
अ+
अ-

 काठमाडौं, २८ मंसिर ।

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र कुनै पनि चुनाव नलड्ने घोषणा गरेकी छन् । भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उनले भनिन्, ‘म अब चुनाव उठ्दिन । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ ।’

उनले अगाडि भनिन्, ‘विधि र विधानसम्मत रूपमा अघि बढौँ । नेताहरूले फराकिलो मन बनाऊन् । पार्टीलाई नीति–प्रधान बनाऔँ । मुख्य कुरा विधि हो । मैले अध्यक्ष कमरेडसँग भएको कुराको स्मरण गर्न चाहन्छु ७० वर्ष पुगेपछि मैले काम गर्दिन भनेकी थिएँ । उहाँले सँगै बिदा लिऔँला भन्नुभएको थियो ।’

आफू नभई पार्टी चल्दैन भन्ने मानसिकताबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो । आम जनताको चासो र चाहनालाई ख्याल गर्दै विधान संशोधनतर्फ लाग्न नहुने उनले बताइन् ।