ट्रेंडिंग:

>> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन 

एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम

२८ मंसिर २०८२, आइतबार
२८ मंसिर २०८२, आइतबार

काठमान्डौ, २८ मंसिर ।

नेकपा एमालेले आन्तरिक विरोधका बीच विधान महाधिवेशनबाट गरिएको निर्णय उल्ट्याउँदै पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै संरचनामा कायम गरेको छ । यसअघि विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ बनाउने र स्थायी कमिटी नराख्ने निर्णय गरेको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको संख्या बढाउनुपर्ने दबाब रहेको उल्लेख गर्दै केन्द्रीय कमिटीको संरचना पुनः विस्तार गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखेका थिए । सोही प्रस्तावअनुसार अब पार्टीमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ गरी कुल १९ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ ।

यसैगरी, ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठन गरिएको छ । यी संरचनासहित केन्द्रीय कमिटीको कुल संख्या ३०१ सदस्यीय बनाइएको छ ।

एमालेको केन्द्रीय कमिटी यसअघि पनि ३०१ सदस्यीय नै थियो । तर गत भदौमा सम्पन्न विधान महाधिवेशनबाट त्यसलाई घटाएर २५१ सदस्यीय बनाइएको थियो । त्यति ठूलो मेहनत र खर्च गरेर विधान महाधिवेशनमार्फत टुंगो लगाइएको विषयलाई पुनः संशोधन गर्न खोजिएको भन्दै पार्टीभित्र असन्तुष्टि र विरोधसमेत देखिएको थियो ।

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिएको परिस्थितिले संख्यात्मक विस्तारको माग नगरेको स्पष्ट पारे । उनले संख्या बढाउँदैमा पार्टीको क्षमता बढ्ने कुनै ग्यारेन्टी नभएको भन्दै प्रश्न उठाए ।

‘बदलिएको परिस्थितिले अंक बढाउन भनेको होइन, बदलिन भनेको हो,’ पोखरेलले भने, ‘के संख्या बढाएर क्षमता बढ्छ रु अस्तिका दिनमा हाम्रो क्षमता जाँचिएन ?’

उनले दुई कार्यकालको विषयमा समेत प्रश्न उठाउँदै त्यसबारे छलफल नगरी अन्य विषयमा मात्रै निर्णय लिन खोज्नु पार्टीलाई गलत दिशातर्फ लैजाने चेतावनी दिए । ‘दुई कार्यकालबारे कुरा उठ्दा छलफल नहुने, अरू विषयमा मात्रै हुने—यस्तो तर्कले हामीलाई कहाँ पुर्‍याउँछ  ?’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?