Butwal Today

एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

२८ मंसिर २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २८ मंसिर ।

नेकपा एमालेको बन्दसत्र हुने भृकुटीमण्डपमा प्रतिनिधिहरूका लागि विविध आकर्षणसहितको विशेष व्यवस्था मिलाइएको छ । बन्दसत्रस्थलमा नेपाल कम्युनिष्ट आन्दोलन तथा एमालेको राजनीतिक इतिहास बुझ्न सकिने प्रदर्शनीदेखि टिकटक भिडियो बनाउन छुट्टै पार्कको समेत व्यवस्था गरिएको छ ।

आयोजक समितिका सदस्य विनोद श्रेष्ठका अनुसार प्रतिनिधिहरूको रिफ्रेसमेन्टको व्यवस्था गर्नुका साथै नेकपा एमालेको राजनीतिक यात्राबारे जानकारी दिने विशेष प्रदर्शनीको तयारी गरिएको छ । यसले सहभागी प्रतिनिधिहरूलाई पार्टीको इतिहास, योगदान र राजनीतिक विकासक्रमबारे अवगत गराउने लक्ष्य राखिएको उनले बताए ।

भृकुटीमण्डपको प्रदर्शनीमार्गसँग जोडिएको मुख्य प्रवेशद्वारलाई समेत आकर्षक ढंगले सजाइएको छ । सुनौलो रंगको मिश्रण प्रयोग गरी तयार पारिएको उक्त प्रवेशद्वारलाई ‘गोल्डेन गेट’ नाम दिइएको छ, जसले बन्दसत्रस्थललाई थप भव्य र आकर्षक बनाएको आयोजक समितिको भनाइ छ ।