Butwal Today

एमालेको बन्दसत्र फेरि सर्‍यो

२८ मंसिर २०८२, आइतबार
अ+
अ-

 काठमाडौं, २८ मंसिर ।

नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गतको बन्दसत्र पुनः सारिएको छ । बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र सुरुमा सवा १२ बजेलाई सारिएको थियो । पछि पुनः दिउँसो १ बजेका लागि सारिएको हो ।

भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

यसअघि आज केन्द्रीय कमिटीको बैठक बस्ने तयारी भइरहेको छ । यो बैठक वर्तमान कार्यकालको अन्तिम बैठक हो । बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्दसत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए ।

बन्दसत्र सरे पनि प्रतिनिधिहरू बिहानैदेखि भृकुटीमण्डपमा पुगेका छन् । उनीहरू विभिन्न दस्तावेजहरूको प्रचार–प्रसारमा सक्रिय देखिएका छन् ।