ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै

प्रदर्शनीमा थामिनसक्नु भिड बढेपछि टिकट काउन्टर थप

१० पुष २०७९, आईतवार
१० पुष २०७९, आईतवार

बुटवल, १० पुस ।

रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा पुस ७ गतेदेखि जारी १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मा दर्शकको भीड अत्यधिक देखिएको छ । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेका कारण दर्शकको भिड थामिनसक्नु देखिएको हो ।

पुस १९ गतेसम्म संचालन हुने प्रदर्शनीमा आइतवार अवलोकनकर्ताहरुको अत्यधिक भिड लाग्न पुग्यो । क्रिशमसको विदा परेका कारण ठूलो संख्यामा दर्शकहरु आएपछि टिकट पु¥याउन हम्मेहम्मे परेको थियो । तोकिएको टिकट काउन्टरमा अवलोकनकर्ताहरुलाई पु¥याउन गाह्रो भएपछि प्रवेश गेटमा ४ वटा थप काउन्टरबाट टिकट विक्री गरिएको थियो ।

आइतवार प्रदर्शनी अवलोकन गर्न रुपन्देही लगायत छिमेकी जिल्लाहरु पाल्पा, अर्घाखाँची, नवलपरासी, कपिलबस्तुसँगै छिमेकी राष्ट्र भारतबाट समेत अवलोकनकर्ताहरु आएका थिए । प्रदर्शनीमा सहभागी स्टल धनीहरुले स्टलबाट राम्रो आर्थिक कारोवार भएको बताएका छन् । स्टलबाट विशेष गरी खाद्यान्न, कपडा र घरायशी सामानहरुको बिक्री बढी भएको छ । अवलोकनका क्रममा उत्पादनको बारेमा सोधपुछ गर्ने, गुणस्तरका बारेमा जानकारी लिने गरेको पनि उनीहरुको भनाई छ ।

प्रदर्शनीमा उपभोक्ताहरुलाई अवलोकन गर्न सजिलो होस् भन्दै एकै प्रकृतिका उत्पादनहरुको एकै पेभेलियन बनाएर स्टलहरु राखिएको छ । जस अनुसार कृषि, फुड तथा वेभरेज, कपडा लगायतका १० वटा विभिन्न प्रकृतिका उत्पादनहरुको पेभेलियन बनाइएको छ । यसरी बनाउँदा उपभोक्ताहरुले एकै स्थानमा एकै प्रकारका विभिन्न कम्पनीका उत्पादनहरु किन्न र अवलोकन गर्न सुविधा भएको मुल आयोजक समितिका सह संयोजक दिलिप सापकोटाले बताए ।

यसैवीच प्रदर्शनी स्टलमा राखिएका उत्पादनको गुणस्तरका बारेमा आयोजक पक्षबाट गोप्य रुपमा अनुगमन गरिएको छ । आयोजक संस्थाको नीति र भावना विपरित स्टलमा राखिएका सामान हटाउने तथा मापदण्ड विपरित रहेका स्टलहरु कारवाही गर्दै सचेत बनाएको अनुगमन समितिका संयोजक जिवकान्त काफ्लेले बताए । काफ्लेका अनुसार आयोजकको उद्देश्य र सहमति विपरित केही स्टलहरुमा राखिएका सामानहरु तत्काल हटाउने काम भएको र गलत काम नगर्न स्टलधनीलाई आग्रह गरिएको छ ।

सम्मृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग संघसँगै रुपन्देही उद्योग संघको आयोजनामा बुटवल मण्डपमा निमार्णाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक ढंगले निर्माण गरिएका स्टल र त्यसको व्यवस्थापनका कारण प्रदर्शनीमा आवलोनकर्ताहरुले कुनै समस्या झेल्नु नपरेको प्रदर्शनी सदस्य सचिव हरि बहादुर खत्रीले बताए ।

प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तर्गत सांस्कृतिक प्रस्तुती तथा प्रतियोगिताहरु आइतवार पनि जारी रहेको थियो । आइतवार स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती, दोहोरी गित प्रतियोगिता, टिकटक ट्यालेन्ट हन्टको अडिसन तथा प्रदर्शनी आइडलको प्रस्तुति एवं छनौट प्रक्रिया भएको संयोजक मोहनीलाल रिजालले बताए ।

दोहोरी गित प्रतियोगिता अन्तर्गत घुम्टे रोधीघर जापान र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीका वीच प्रतिष्पर्धा हुँदा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्की बिजयी भएको थियो । यता प्रदर्शनी आइडल–२०७९ को टप १० छनौट भएका छन् । सांस्कृतिक कार्यक्रम अन्तर्गत स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तर्गत चर्चित लोकदोहोरी गायक राजु परियार, लोक दोहोरी गायिका विष्णु श्रीपाली, आधुनिक गायक हेमन्त शर्मा तथा हास्य कलाकार उज्जवल गिरी, डान्सर सविता भुसालको प्रस्तुति रहेको थियो ।

सोमवार एकल प्रस्तुतीका लागि गायक÷गायिका रितु कंडेल, शिलु भट्टराई, बैकुण्ठ महत, सुनिता बुढा, डान्सर आरती ज्ञवालीको उपस्थिति रहने छ । यसैगरी दरबार रोधी क्लव काठमाडौं र गोधुली रोधी बुटवल वीच प्रतिष्पर्धा हुने छ ।

यसैगरी प्रदर्शनी स्थलमा औद्योगिक विकास तथा स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने र कृषि तथा पर्यटनको क्षेत्रमा संमृद्धिका लागि विभिन्न विषयहरुमा अन्तक्र्रिया गोष्ठीहरु आयोजना गरिने भएको छ । गोष्ठी तथा सेमीनार उपसमितिका संयोजक राजु घिमिरेका अनुसार पुष १२ गतेदेखि प्रदर्शनी स्थलमा फरकफरक दिनमा “रुपन्देहीमा कृषिजन्य उद्योग व्यवसायको अवसर, संभावना र चुनौतीहरु, “युवा उद्यमशिलता विकासको अवसर संभावना र चुनौतीहरु”, “लुम्बिनी प्रदेसमा पर्यटन उद्योगको संभावना र अवसरहरु”, “नेपाली अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरु” विषयक गोष्ठीहरु आयोजना हुने जानकारी गराउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?