ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै

देउखुरीमा सबै मन्त्रालय स्थापना, पुस २१ भित्रै शपथग्रहणको तयारी

१० पुष २०७९, आईतवार
१० पुष २०७९, आईतवार

भालुवाङ १० पुस ।

लुम्बिनी प्रदेश सरकार स्थायी राजधानी दाङ स्थानान्तरणको काम धमाधम भइरहेको छ । प्रदेश सरकार नै स्थायी राजधानी देउखुरीबाट सञ्चालन गर्ने गरी अहिले मन्त्रालय स्थापनादेखि संसद भवन सिंगारपटारको काम भइरहेको छ ।

गत मंसिर २८ गते मुख्यन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शुभारसम्मसँगै अस्थायी मुकाम बुटवलबाट मन्त्रालयहरु दाङ ल््याउने काम भइरहेको छ । पूर्वाधार विकास प्राधिकरणका अनुसार स्थायी राजधानी दाङको देउखुरीमा प्रदेश सरकारका १३ वटा मन्त्रालयमध्ये ६ वटा मन्त्रालय प्रशासनिक परिसरभित्र र बाँकी ७ वटा मन्त्रालय परिसर बाहिर स्थापना गरिएका छन् । राप्ती गाउँपालिमा रहेको तत्कालीन राप्ती प्राविधिक शिक्षालय परिसरमा प्रदेश सरकारको प्रशासनिक केन्द्र रहेको छ ।

‘मुख्यमन्त्री कार्यालयसँगै ६ वटा मन्त्रालय भित्र रहने छन्’– प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले भने, ‘बाँकी मन्त्रालयहरु बाहिर सरकारी भवनमा राखिनेछ ।’ उनले प्रदेश सरकार सञ्चालनका लागि सबैजसो मन्त्रालय स्थापना गरेर आन्तरिक व्यवस्थापनको काम भइरहेको बताए ।

स्थायी राजधानी देउखुरीमा मंसिर २८ मा मुख्यमन्त्री कार्यालय र त्यसअघि दुई वटा मन्त्रालय यसअघि नै स्थापना भइसकेका थिए । बाँकी रहेका ११ वटा मन्त्रालय पनि राजधानीमा स्थापना गरी अस्थायी मुकामबाट सामान सार्ने र व्यवस्थापनको काम चलिरहेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र परिसरभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँगै पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, वन वातावरण तथा भूसंरक्षण मन्त्रालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय स्थापना गरिएको छ ।

बाँकी रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, श्रम तथा यातायात व्यवस्था मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय र स्वाथ्य मन्त्रालय प्रशासनिक केन्द्र बाहिर स्थापना गरिएको छ ।

प्रदेश पूर्वाधार प्राधिकरणका अनुसार राप्ती गाउँपालिका वडा नं. १ को कार्यालय भालुबाङमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वडा नं. २ को कार्यालयमा कृषि तथा भूमि व्यवस्था मन्त्रालय र गाउँपालिकाको कार्यालयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय राप्ती स्थापना गरिएको छ ।

त्यस्तै राप्ती गाउँपालिका वडा नं. ८ को कार्यालयमा शिक्षा तथा खेलकुद मन्त्रालय, वडा नं. ८ मा शिक्षा तथा खेलकुद मन्त्रालय वडा नं. ५ मा स्वास्थ्य मन्त्रालय स्थापना गरिएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय भने लमही नगरपालिका वडा नं. १ स्थित छात्रावासमा स्थापना गरिएको छ । मन्त्रालय राखिएको वडा कार्यालयलाई भने अन्यत्र सारिएको छ ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले स्थापना गरिएको मन्त्रालयमा बोर्ड टाँस्ने, कार्यालय भवन तयार पार्ने, फर्निचर मिलाउने जस्ता आन्तरिक व्यवस्थापनको काम चलिरहेको बताए । उनले मन्त्रालयहरु पूर्णरुपमा सञ्चालन आउन भने अझै केही समय लाग्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?