ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

वाणगंगामा पर्यटन प्रवर्द्धनका लागि साइकल यात्रा 

३० कार्तिक २०८२, आइतबार
३० कार्तिक २०८२, आइतबार

जितपुर, ३० कार्तिक ।

वाणगंगामा आयोजित प्रथम साइकल यात्रामा देशभरका ४ सयभन्दा बढी साइकल यात्री सहभागी भई ७० किमी लामो यात्रा सम्पन्न गरेका थिए ।यस यात्राले जिल्लाका प्रमुख पर्यटकीय, ऐतिहासिक र सांस्कृतिक स्थलहरूको प्रचारप्रसारमा टेवा पुर्‍याएको आयोजकहरूले बताएका छन् ।
स्थानीय समुदायको सक्रिय सहभागिता र स्वागतले आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको छ ।

कपिलवस्तु —जिल्लाका पर्यटकीय स्थलको प्रचारप्रसार गर्दै पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले प्रथम वाणगंगा साइकल यात्रा गरिएको छ । वाणगंगा राइडर्स क्लबको आयोजनामा शनिबार वाणगंगाको जितपुरबाट ७० किमी लामो साइकल यात्रा गरिएको हो ।

विश्व साइकल यात्री पुष्कर शाहसहित देशभरका ४ सय बढी साइकल यात्री सहभागी थिए । कपिलवस्तुको चार नम्बरबाट साइकल यात्रा सुरु भई पिपरा, सुपादेउराली मन्दिर, नन्दनगर गुरुकुल, मधुवनधाम, जिनुवा, कपिलधाम, लक्ष्मणघाट, जगदीशपुर, सगरहवा, निग्लिहवा, राजापानी र मधौली पार्क हुँदै पुनः चार नम्बरमा पुगेर सम्पन्न भएको थियो ।

साइकल यात्रीलाई ठाउँ ठाउँमा स्थानीयले फूल माला र बाजागाजासहित स्वागत गरेका थिए । त्यस्तै यात्रालाई व्यवस्थित बनाउन स्थानीयले ठाउँ ठाउँमा खाजा र पानी वितरण र विश्राम स्थल बनाएका थिए ।

वाणगंगा नगरपालिकाका ११ वटै वडाका प्रमुख पर्यटकीय स्थल र कपिलवस्तु नगरपालिकाको वडा नं। ९ र १० मा पर्ने जगदीशपुर ताललाई समेटेर रुट तय गरिएको हो ।

शनिबार बिहान साढे ७ बजे सुरु भएको यात्रा साँझ साढे ५ बजे सम्पन्न भएको थियो । कपिलवस्तुमा सबै खाले पर्यटकलाई आकर्षित गर्न सक्ने ठाउँ, ताल, नहर, ऐतिहासिक तथा पुरातात्त्विक स्थल रहेको यात्राका सहभागी मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए  ।

देशका अधिकांश ठाउँमा साइकल यात्रीलाई जोडेर आयोजित साइकल यात्राले आन्तरिक पर्यटन प्रवर्द्धनमा ठुलो भूमिका खेलेको विश्व साइकल यात्री पुष्कर शाहले बताए । साइकल यात्राले गाउँ, प्रकृति, जीवन र स्थानीय रहनसहनसँग निकटता बढ्ने उनले बताए ।

साइकल यात्रामा २२ जिल्लाका ४ सय बढी साइकल यात्री सहभागी थिए । यात्राले यहाँका ऐतिहासिक, सांस्कृतिक, ग्रामीण र प्राकृतिक मनोरम स्थलको प्रचारप्रसारमा सहयोग पुगेको वाणगंगा राइडर्स क्लबका अध्यक्ष विष्णुप्रसाद सापकोटाले बताए ।

साइकल यात्राको उद्घाटन लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?