© २०२३
काठमान्डौ, २७ कार्तिक ।
निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण र काठमाडौं उपत्यका छाड्न रोक लगाइएको छ ।
२३ र २४ भदौमा भएका घटनासम्बन्धी छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयको जानकारी दिएको हो ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘आजबाट सेवा निवृत्त हुनु भएकाले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुनेगरी निजको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृती बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।’
यसबारे खापुङलाई जानकारी गराउन पनि भनिएको छ । खापुङमाथि महानिरीक्षक हुँदा घटनामा संलग्न प्रहरी अधिकारीको विवरण दिन अस्वीकार गरेको आरोप आयोगले लगाउँदै आएको थियो ।