© २०२३
काठमान्डौ, २१ कार्तिक ।
स्वास्थ्य सेवा विभागले आज पनि ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइरहेको छ । यो कार्य राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको हो ।
कार्यक्रमको अर्को चरण आगामी वैशाख ६ र ७ गते सञ्चालन हुने छ । यसका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन भएका छन् ।
सरकारले बालबालिकामा कुपोषणको जोखिम कम गर्न २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउने कार्यक्रम सुरु गरेको हो ।