ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

प्रतिनिधि र प्रदेशसभामा ५० प्रतिशत महिला

५ पुष २०७९, मंगलवार
५ पुष २०७९, मंगलवार

रोल्पा, २ पुस ।

रोल्पावाट प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने ६ सांसद मध्ये ३ जना महिला रहेका छन् । प्रत्यक्षवाट निर्वाचित ३ र समानुपातिक पद्धतिमा छनौट भएका ३ समेत ६ पदमा ३ जना महिलाले प्रतिनिधित्व गरेका हुन् । एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको रोल्पामा प्रत्यक्षतर्फ नेकपा माओवादी केन्द्रका वर्षमान पुन निर्वाचित भएका छन् ।

दुई प्रदेश सभा निर्वाचन क्षेत्र मध्ये प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका जोखवहादुर महरा र प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुन निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ सवै पुरुषको प्रतिनिधित्व हुँदा समानुपातिकमा भने महिला छनौट भएका छन् । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा एमालेका ईश्वरी घर्तीमगर छनौट भएकी छिन् । प्रदेश सभाको समानुपातिकतर्फ नेकपा एमालेका यमुना रोका र नेकपा माओवादी केन्द्रका मिना बुढा चयन भएका छन् । उनीहरु सवै आदीवासी जनजाती महिला क्लष्टरबाट छनौट भएका हुन् ।

यो संगै एक निर्वाचन क्षेत्र रहेको रोल्पावाट दुई जनाले प्रतिनिधि सभा सदस्यको रुपमा प्रतिनिधित्व गर्ने भएका छन । यसैगरी २ निर्वाचन क्षेत्र रहेको प्रदेश सभामा रोल्पावाट ४ जनाको प्रतिनिधित्व भएको छ ।

प्रत्यक्षतर्फ ठूला तीनदलले प्रतिनिधि सभा र प्रदेश सभामा महिला उम्मेवार उठाएका थिएनन् । राप्रपाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ लीला रावललाई उम्मेदवार वनाएको थियो । रावलले २ हजार ५५६ मत प्राप्त गरेर पराजित भएकी थिईन् । सधै पुरुषको मात्रै हालिमुहाली हुने रोल्पामा यस पटक प्रतिनिधि सभा र प्रदेश सभामा पचास प्रतिशत महिलाको प्रतिनिधित्व हुनु सुखद भएको महिला अधिकारकर्मी तीर्था आचार्यको भनाई छ । “जिल्लावाट कानुन निर्माण गर्ने ठाउँमा पचास प्रतिशत महिला पुग्नु खुसीको कुरा हो” आचार्यले भनिन् । “महिलालाई प्रत्यक्षमा अवसरै नदिने कृपा गरेर समानुपातिकमा राख्ने प्रचलन बढ्दै जानु महिला सशक्तीकरणको दृष्टिकोणले भने सुखद होईन्”–आचार्यको भनिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?