ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

सञ्चार ऐनमा त्रुटी भए सुधार गर्ने संचारमन्त्रीको बचन

४ पुष २०७९, सोमबार
४ पुष २०७९, सोमबार

दाङ, ४ पुस ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेशको संचार ऐनमा त्रुटि भए सुधार गर्ने बचन दिएका छन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको ३० ओैँ स्थापना दिवस तथा २१ ओैँ साधारणसभालाई सोमबार दाङको तुलसीपुरमा सम्बोधन गर्दै उनले प्रदेश संचार ऐन संचारमाध्यम र पत्रकारहरुको हितका पक्षमा अघि सारिएको बताए । संचार ऐनको सञ्चार नीतिमा पास गरेको कुरालाई प्रदेश प्रमुखबाट हस्ताक्षर मात्र भएको उनले जिकिर गरे ।

उनले ऐनमा देखिएका कमी कमजोरीलाई सुधार गरेर लैजाने प्रतिवद्धता जनाए । ऐन बनाउँदा केही विलम्ब भएको हुँदा अब प्रकृया अघि बढ्ने उनको भनाई थियो । ‘ऐनका लागि नियमावली बनाउन बिलम्ब भए पनि प्रकृया अघि बढेको छ । मिडिया काउन्सिल विधेयकमा देखिएका केही त्रुटी सच्याउने काम हुन्छ,’ उनले भने, ‘संविधानमा उल्लेख भएको कुरालाई लागू गर्न राज्य लागि परेको छ यसलाई सार्थक बनाउन सिंगो पत्रकारिताबाट पनि क्षेत्र अग्रसरता चाहिएको छ ।’

सञ्चार मन्त्री शर्माले समाचार सम्प्रेषण गर्दा गलतलाई गलत, सहीलाई सही लेख्न सक्नुपर्ने बताए । पत्रकार संवेदनशील तथा जिम्मेवार नभए समाज दुर्घटनामा जाने हुँदा त्यस तर्फ ध्यान दिन उनले आग्रह गरे ।

पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिल सदस्य शरद अधिकारीले नेपालको पत्रकारितामा समय र सन्दर्भ फेरिदै गएको हुँदा समीक्षा जरुरी रहेको बताए ।

’अहिलेको शैलीमा भईरहेको पत्रकारिताले सम्भव छैन, यसमा राज्यले सोच्नुपर्छ, हामी सबै एकठाउँमा उभिएर अबको पत्रकारितालाई कसरी अघि बढाउने भन्ने बारेमा बहस चलाउन जरुरी छ,’ उनले भने, ‘हिजोका दिनमा अग्रजले दिएको योगदानलाई सम्मान गर्दै नयाँ पुस्ताको काममा हौसला बढाउनु अहिलेको आवश्यकता हो ।’

‘अहिले पत्रकारलाई मगन्ते ठान्ने पवृत्ति मौलाउँदै गएको छ, यो बिल्कुल गलत हो, पत्रकारले हिजोका दिनबाट लोकतन्त्र, संविधान रक्षाको पक्षमा कलम चलाउँदै आएको हो, त्यसको जस लिन खोजेको पनि होईन, मात्रै पत्रकारलाई काम गर्ने वातावरण चाहिएको छ,’ उनले भने, ‘सरकारले पत्रकारलाई माग्ने बनाउन थालेको छ । हामी मगन्ते होईन, पत्रकार र पत्रकारिताको मर्म राज्यले बुझ्न जरुरी छ, खोलो तर्याे लौरो बिस्र्यो उखान चरितार्थ गरिनु हुँदैन ।’

उनले सञ्चार ऐन स्पष्ट नहुँदा सिंगो मिडिया नै शशंंकित हुने अवस्था सिर्जना भएको हुँदा अविलम्ब ऐनमा देखिएको त्रुटी सच्याउन उनले अपिल गरे । पत्रकार महासंघ दाङ शाखा सल्लाहकार सुदीप गौतमले राजनीतिलाई पत्रकारिताले समृद्ध बनाउन सहयोग गरेको बताए । पुस्तान्तरमा हिजोको पुस्ताले अहिलेको पुस्तालाई बुझ्न नसक्दा समस्या देखा परेको उनले बताए । हिजोका दिनमा गरिएको पत्रकारिताकै जगमा आजको पुस्ताले पाइला चालेको हुँदा नयाँ पुस्ताको विश्वासमा आशा जगाउने काम गर्नुको साटो हतोत्साहित बनाउने खालका टिप्पणीले नेपाली पत्रकारिता अघि बढ्न नसक्ने तर्क गरे ।

दाङमा प्रिन्ट मिडिया, रेडियो, टेलिभिजन, नयाँ मिडियाका रुपमा भित्रिएको अनलाईनको संख्या उत्साहजनक रहेको तथा त्यसमा काम गर्ने पत्रकारहरुले उत्साह आफैमा उदाहरणीय रहेको हुँदा उनीहरुको सीप क्षमता र दक्षता विकासमा ध्यान दिनुको साटो गलत कुरा गरेर नकारात्मकता थप्ने काम कोही कसैबाट गर्न नहुने बताए । ‘आफुले गरेको सबै ठीक, अरुले गरेको बेकार देख्ने प्रवृति अन्त्य हुनुपर्छ, अहिलेको नयाँ पुस्ताले पत्रकारितामा भविष्य देखेर श्रम, सीप, ज्ञान लगानी गरेर अघि बढेको छ,’ उनले भने ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले पत्रकारलाई आर्थिक रुपमा सबल बनाउन ध्यान दिनुपर्नेमा जोड दिइन् । पत्रकारिताको मूल धर्मलाई डगमगाउन नदिन पेशागत मर्यादालाई ध्यानमा राखेर तथ्यमा आधारित निष्पक्ष रुपमा कलम चलाउन अपिल गर्दै उनले सबैलाई सूचना पुर्याउन दिनरात नभनी तत्पर रहने पत्रकारलाई प्रोत्साहनको खाँचो रहेको बताइन् ।

कार्यक्रममा नेपाली काँग्रेस दाङका सह–सचिव राजु आचार्य, एमाले दाङका सचिव मनोहर बुढाथोकी, माओवादी केन्द्र दाङका ईन्चार्ज निर्मल आचार्य, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, एकीकृत समाजवादी दाङका उपाध्यक्ष चुर्णबहादुर वली, प्रेस युनियनका पूर्व अध्यक्ष मुरारी शर्मा, ज्ञानज्योति कलेजका प्रिन्सिपल सुरेन्द्र जिसी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य भरत रेग्मी, पत्रकार टीकाराम रेग्मीलगायतले बोलेका थिए ।

कार्यक्रममा दुई जनाले अक्षयकोष स्थापना गरेका छन् । तुलसीपुरका डिल्लीबहादुर केसीले रंग पत्रकारिता पुरस्कारका लागि १ लाख रुपैयाँको र घोराहीका भुपाल गिरीले जेष्ठ नागरिकको विषयमा कलम चलाउने पत्रकारका लागि ५१ हजारको अक्षयकोष स्थापना गरेका छन् ।

साधारणसभामा सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित भएको छ । कार्यक्रममा उपाध्यक्ष वसुन्धरा गौतम, अर्का उपाध्यक्ष सन्तोष सुवेदी, सचिव आरके शीतललगायतले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?