ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य
रोल्पाको स्थानीय तहका नीति तथा कार्यक्रम

कागजमा प्राथमिकता, कार्यान्वयनमा उदासिनता

१ पुष २०७९, शुक्रबार
१ पुष २०७९, शुक्रबार

रोल्पा, १ पुस ।

संघीय संरचना अन्तर्गत १० वटा स्थानीय तह रहेको रोल्पामा एक नगरपालिकासहित ९ गाउँपालिका छन् । नेपालको संविधान कार्यान्वयनसंगै तीन तहको सरकारमध्ये तल्लो र जनताको घरदैलोको सरकारको रुपमा रहेको स्थानीय सरकारले पहिलो पाँच वर्षे कार्यकाल पुरा गरी दोस्रो कार्यकाल सुरु भएको छ ।

दश वर्ष लामो सशस्त्र द्वन्द्वको सवभन्दा वढी पिडा भोगेको रोल्पालीमा विकासको ठूलो तृष्णा रहेपनि अघिल्लो कार्यकालको स्थानीय सरकारहरुले कैयौं महत्वपूर्ण नीति तथा कार्यक्रमहरु पाँच वर्षसम्म कागजमा लेख्ने काम मात्रै गरे, कार्यान्वयनमा प्राथमिकता दिएनन् । पछिल्लो पटक निर्वाचित स्थानीय सरकारको पहिलो वर्षको नीति तथा कार्यक्रममा पनि तिनै कार्यक्रमहरु दोहोरिएका छन् । अहिले पनि ती कार्यान्वयन हुनेमा शंका उत्पन्न हुन थालेको छ ।

दश स्थानीय तह रहेको रोल्पामा एक मात्र नगरपालिका हो, रोल्पा नगरपालिका । रोल्पा नगरपालिकामा २०७४ र २०७९ मा सम्पन्न दुईवटै स्थानीय तह निर्वाचनमा दुवै पटक नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ । २०७४ सालमा नगरपालिकाको नेतृत्व पूर्ण केसीले गरेका थिए भने २०७९ को निर्वाचनपछि दोश्रो कार्यकालका लागि सुरेन्द्र घर्तीमगर नगरप्रमुखमा निर्वाचित भएका छन् ।

  • अघिल्लो कार्यकालको स्थानीय सरकारहरुले कैयौं महत्वपूर्ण नीति तथा कार्यक्रमहरु पाँच वर्षसम्म कागजमा लेख्ने काम मात्रै गरे, कार्यान्वयनमा प्राथमिकता दिएनन् । पछिल्लो पटक निर्वाचित स्थानीय सरकारको पहिलो वर्षको नीति तथा कार्यक्रममा पनि तिनै कार्यक्रमहरु दोहोरिएका छन् ।

आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रमको रुपमा केसीले अघि वढाएका कतिपय नीति तथा कार्यक्रमहरु उनको ५ वर्षे कार्यकाल रहँदासम्म हरेक वर्षको वजेट, नीति तथा कार्यक्रममा परिरह्यो तर कार्यान्वयन भने हुन सकेन ।

अघिल्लो स्थानीय सरकारले ल्याएको अत्यावश्यक नीति तथा कार्यक्रमलाई आफ्नो नेतृत्वको स्थानीय सरकारले समेत निरन्तरता दिएको रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र घर्तीमगरको भनाई छ । “विगतमा नीति र कार्यक्रमको रुपमा समावेश भएका तर कार्यान्वयन हुन नसकेका त्यस्ता कार्यक्रम समावेश गरेका हौ”–नगरप्रमुख घर्तीमगरले भने । स्थानीय तहको निर्वाचन भएको छोटै समयमा यस वर्षको नीति तथा कार्यक्रम ल्याउनुपर्ने वाध्यताका कारण अघिल्लो स्थानीय सरकारका धेरै नीति तथा कार्यक्रम यस वर्ष समावेश गरेको नगरप्रमुख घर्तीमगरको भनाई छ ।
केही नयाँ नीति पनि छन्, अधिकांश पुरानै नीति हुवहु सारेको रोल्पा नगरपालिकाको नयाँ नेतृत्वले केही नयाँ नीति र कार्यक्रम समेत ल्याएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसारको योजना कार्यान्वयनको सुरुआत गरेको वताएको छ । उसले सदरमुकाम लिवाङमा बेवारिसे जीवनयापन गरिरहेका ४ सडक मानव र २ अनाथ वालकहरुको व्यवस्थापन गरेको छ । वेवारिसे जीवन विताईरहेकाहरुका आफन्तको आग्रहका आधारमा सम्बन्धित वडा कार्यालयको समेत समन्वयमा उनीहरुलाई व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले २ महिला, २ पुरुषसहित ४ सडक मानव र २ अनाथ बालकको व्यवस्थापन गरेको हो । सडक मानवको रुपमा व्यवस्थान गरिएका चारैजना मानसिक सन्तुलन गुमाएका व्यक्तिहरु हुन् । मानसिक सन्तुलन गुमाएका उनीहरु रोल्पा नगरपालिकासहित जिल्लाका विभिन्न स्थानबाट आई सदरमुकाम लिवाङमा लामो समयदेखि बेवारिसे जीवन बिताउँदै आएका थिए ।

उनीहरुमध्ये रोल्पा नगरपालिका–९ का एक पुरुषलाई दुई वर्षअघि नै नगरपालिकाले व्यवस्थापन गरेको थियो । यस वर्ष २ महिला र १ पुरुषसहित थप ३ जनालाई व्यवस्थापन गरिएको छ । यसवर्ष रोल्पा नगरपालिका वडा नंं. ३ को एक महिला र एक पुरुष तथा माडी गाउँपालिका वडा नं. २ को एक महिलालाई मानव सेवा आश्रम वुटवलमा व्यवस्थापन गरिएको रोल्पा नगरपालिकाका उपप्रमुख गीता आचार्यले जानकारी दिईन् । उनीहरुको व्यवस्थापन गरेवापत आश्रमलाई नगरपालिकाले १ लाख ५० हजार उपलव्ध गराएको थियो ।

मनसिक सन्तुलन गुमाएर घर छाडेपछि उनीहरुलाई आफन्त तथा परिवारले समेत वेवास्ता गरेका थिए । घर छाडेर लामो समयदेखि सदरमुकाम लिवाङ बजारमा सडक मानवको रुपमा जीवन बिताउँदै आइरहेका उनीहरु खाने, बस्ने तथा सरसफाई जस्ता सामान्य कुराबाट समेत वंचित रहदै आएका थिए ।

नगरपालिकाले हेरचाह र पालनपोषण गर्ने आफन्तको अभावमा कुपोषणको संक्रमणमा परेका २ बालकहरुलाई समेत व्यवस्थापन गरेको छ । रोल्पा नगरपालिका वडा नं. ४ का दाजुभाई उनीहरुको पालनपोषण, रेखदेखसहित पढाउने गरी नितेन मेमोरियल स्कूल काठमाडौंमा भर्ना गरिएको रोल्पा नगरपालिकाले जानकारी दिएको छ । विद्यालयसंग समन्वय गरी त्यहाँसम्म उनीहरुलाई पु¥याउने काममा नगरपालिकाले सहयोग गरेको थियो ।

नगरपालिकालाई सडक मानवरहित वनाउने चूनावी प्रतिवद्धता अनुसार काम गरेको रोल्पा नगरपालिकाका उपप्रमुख गिता आचार्यको भनाई छ । ‘निर्वाचित भएर आएपछि नगरपालिकालाई सडक मानवमुक्त बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयन गरेको हुँ’, नगर उपप्रमुख आचार्यले भनिन्, ‘अहिले रोल्पा नगरपालिका तथा सदरमुकाम लिवाङमा बेवारिसे जीवन यापन गरिरहेका सडक मानव छैनन् ।’

लुंग्रीमा पनि पुरानै कार्यक्रमको बाहुल्य

लुंग्री गाउँपालिका अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जितेको रोल्पाको दशमध्ये एक मात्र स्थानीय तह हो । नेपाली काँग्रेसवाट निर्वाचित गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले वितेका ५ वर्षमा गाउँपालिकाको नीति तथा कार्यक्रमको रुपमा आर्थिक वर्ष २०७४÷०७५ देखि २०७८÷०७९ सम्म जस्ताको तस्तै साभार गरेका कतिपय नीति तथा कार्यक्रमहरु कार्यान्वयन नै भएनन् । २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भने सो गाउँपालिका नेकपा माओवादीले जितेको छ । नेकपा माओवादी केन्द्रका भरत थापा अध्यक्ष रहेको गाउँपालिकाको चालु आर्थिक वर्षमा समेत अघिल्ला वर्षकै नीति तथा कार्यक्रमहरु जस्ताको तस्तै कपी पेष्ट गरिएको छ ।

लुग्रीमा नयाँ कार्यक्रम न्यून

लुंग्री गाउँपालिका सरकारको नेतृत्व गरेका भरत थापाले चालु आर्थिक वर्षका लागि मेडिकल अधिकृतको व्यवस्था गर्ने नीति तथा कार्यक्रम ल्याएका छन् जुन विगतको नीति तथा कार्यक्रम भन्दा नयाँ हो । स्थानीय तह निर्वाचनको अन्तिम परिणाम घोषणा र कानूनअनुसार नीति तथा कार्यक्रम पेश गर्ने निर्धारित मिति निकै छोटो भएकाले यसबीचमा पुरानै कार्यक्रमलाई निरन्तरता दिएको लुंग्री गाउँपालिका अध्यक्ष थापाले बताए । वितेका वर्षमा नीति तथा कार्यक्रममा समावेश कैयौं कार्यक्रम कार्यान्वयन गर्न बाँकी रहेकाले यस वर्ष ती कार्यक्रमले निरन्तरता पाएको थापाले बताए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा रुन्टीगढी गाउँपालिका नेकपा एमालेले जितेको थियो । गाउँपालिका अध्यक्ष बालाराम बुढाले आफ्नो कार्यकालको सुरु वर्षदेखि अन्तिम वर्षसम्म धेरै नीति तथा कार्यक्रम हुबहु ल्याएका थिए । ३० वैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका जनक पुन प्रमुखको रुपमा विजयी भएका छन् । त्यसपछि गाउँपालिकाले ल्याएको कतिपय नीति तथा कार्यक्रमहरु पुरानै र कतिपय नयाँ रहेको छ ।

रुन्टीगढी स्थानीय सरकारले अघिल्लो सरकारले ल्याएका नीति तथा कार्यक्रमलाई निरन्तरता दिदै केही नयाँ नीति तथा कार्यक्रमहरु पनि ल्याएको छ ।

विगतमा आएका नीति तथा कार्यक्रममध्ये केही कार्यान्वयन गर्न बाँकी रहेको र केही नयाँ नीति तथा कार्यक्रम पनि समावेश गर्नुपर्ने भएकाले रुन्टीगढीको केही पुराना र केही नयाँ नीति तथा कार्यक्रमहरु आएको गाउँपालिका उपाध्यक्ष सरिता केसीले बताइन् । जनताको अपेक्षा सम्वोधन गर्ने गरी केही नयाँ नीति तथा कार्यक्रम अघि सारेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?