Butwal Today

सुरु भयो पश्चिमी वायुको प्रभाव, राति यी प्रदेशमा हिमपातको सम्भावना

२० आश्विन २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

नेपालमा मनसुन बाहिरिँदै गर्दा पश्चिमी वायुको प्रभाव सुरु भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) सुदूरपश्चिम र कर्णाली प्रदेशको पूरै क्षेत्रबाट तथा लुम्बिनीको पश्चिमी भेगका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी क्षेत्रका थोरै स्थानबाट मनसुन हटेको हो।

योसँगै ती स्थानमा पश्चिमी वायुको प्रभाव सुरु भएको हो। जसका कारण आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भेगका थोरै स्थानमा हिमपातको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

माथि उल्लिखित प्रदेश र स्थानबाहेक देशका बाँकी ठाउँमा भने मनसुनकै प्रभाव छ।

आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराई भूभागका केही स्थान र बाँकी पहाड भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।