ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य
विमानस्थल परिसरको जग्गामा चलखेल

चार करोड मुआव्जा हात पार्न भूमाफियासँग मिलेर जनप्रतिनिधिले गरे ‘किर्ते काम’

२९ मंसिर २०७९, बिहीबार
२९ मंसिर २०७९, बिहीबार

बुटवल, २९ मंसिर ।

मुआव्जा बापतको करिव चार करोड रुपियाँ हात पार्न भूमाफियाले जग्गाधनीसँग नक्कली नाता कायम गरेको भेटिएको छ । नक्कली नाता प्रमाणित गर्ने काममा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष, वडा सदस्य र कर्मचारी समेत संलग्न भएको पाइएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा पर्ने गौतमबुद्ध विमानस्थलले अधिग्रहण गरेको क्षेत्र अन्तर्गतको स्वर्गीय रामसरे भरको नाममा दर्ता कायम रहेको ४ कट्ठा ४ धुर जग्गालाई भूमाफियाले नक्कली नाता प्रमाणित गराई अर्कैको नाममा नामसारी गरिदिएपछि यो रहस्य खुलेको हो ।

जग्गाधनी स्वर्गीय रामासरेको दुईवटी श्रीमती (जेठी माल्ती भरिन र कान्छी फुलादेवी भरिन) रहेकोमा दुवैजनाको मृत्यु भसकेको र उनीहरुबाट कुनै सन्तान नभएको मौका छोपी उक्त जग्गाको मुआव्जा हत्याउन नक्कली नाता प्रमाणित गराई जग्गाको नामसारी समेत गरिएको छ ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ कि ७० वर्षीया तीर्थी भरिनलाई आर्थिक प्रलोभनमा पारेर जग्गाधनी रामासरेको भाउजु नाता कायम गराई नामसारी गरेको पाइएको हो । हाल तिर्थी र उनको परिवार भने रामग्राम नगरपालिका वडा नम्बर १७ मा बस्दै आएका छन् ।

तीर्थी भरिनका छोरा राजुले स्वर्गीय रामासरे र निजको परिवारसँग आफूहरुको कुनै नाता सम्बन्ध नरहेको भन्दै वृद्ध आमालाई आर्थिक प्रलोभनमा पारेर जग्गा नामसारी गराएर मुआव्जा बापतको करोडौं रकम भूमाफियाले कुम्ल्याउन खोजेको बताए । “यसमा ७ जनाको संलग्नता छ, ७ जनाले वृद्ध आमासँग मुआव्जा  क्षतिपूर्ति  निकासा हुनुभन्दा अगाडि जनही १० लाख रुपियाँको कपाली तमसुक समेत गराएका छन्”–उनले भने,–“तमसुकमा उल्लेखित रकम दिनुपर्दा हामी सडकमा जानुपर्ने अवस्था आउँछ ।” तिर्थी भरिनको परिवार ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

साविक भुजौली गाविस वडा नम्बर ७ मा पर्ने उक्त जग्गाको हक खाने कोही नभएको र यो जग्गा कानुन बमोजिम अपुताली भई नेपाल सरकारको नाममा जानुपर्नेमा करिव ४ करोड रुपियाँ हात पर्न यस्तो खेल खेलिएको उनको भनाई छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले उक्त क्षेत्रमा प्रतिधुर ४ लाख ५० हजार रुपियाँ मुआव्जा निर्धारण गरेको थियो । उक्त मूल्य अनुसार रामासरेको ४ कट्ठा ४ धुर जग्गाको मुआव्जा रकम ३ करोड ७८ लाख रुपियाँ हुन आउँछ ।

  • तीर्थी भरिनका छोरा राजुले स्वर्गीय रामासरे र निजको परिवारसँग आफूहरुको कुनै नाता सम्बन्ध नरहेको भन्दै वृद्ध आमालाई आर्थिक प्रलोभनमा पारेर जग्गा नामसारी गराएर मुआव्जा बापतको करोडौं रकम भूमाफियाले कुम्ल्याउन खोजेको बताए

नाता प्रमाणित गराई जग्गा नामसारी गर्ने काममा पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष कृष्णचन्द्र यादव र वडा सदस्य तथा हाल जिल्ला समन्वय समितिका उपप्रमुख रामदायल तेली, महिला सदस्य अनिता साहनी, भूमाफिया गिरोहका पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का नाथुप्रसाद यादव, उनका छोरा अखिलेश यादव, वडा नम्बर ६ कै पारस भर र रामग्राम नगरपालिका–९ बस्ने घनश्याम पाठकको समेत संलग्नता रहेको तिर्थी भरिनका नाती गौतम भरले बताए । यस्तो किर्ते काम गर्नेहरुमाथि छानविन गरी कारवाही गर्न उनले माग गरे ।

वडाअध्यक्ष यादवले नाता प्रमाणितका बेला आफू बिदामा बसी महिला सदस्य अनिता साहनीलाई कार्यवाहकको जिम्मेवारी दिएको र नाता प्रमाणित गराएबापत ५० लाख रकम आउँछ भनी आश्वासन दिएको बताइएको छ । कार्यवाहक वडाअध्यक्ष साहनीको अवैध सिफारिशको आधारमा मालपोत कार्यालय रुपन्देहीले तिर्थी भरिनको नाममा जग्गा नामसारी गरेको पाइएको छ ।

तिर्थी भरिनका छोरा राजुले ती सातैजनाका विरुद्ध छानविन गरी कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन् ।

तर कार्यवाहक वडाअध्यक्ष सहानीले भने गाउँलेले सिफारिश गरेका आधारमा आफूले नाता प्रमाणित गरिदिएको बताइन् । “सार्वजनिक सुनुवाई गरी प्रमाण पु¥याएर पाँचजनाले देवर भाउजुको रुपमा नाता कायम गर्न भनेपछि मैले वडाबाट नाता प्रमाणित गरिदिएकी हुँ”–उनले भनिन् ।

तर पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष कृष्णचन्द्र यादवले भने किर्ते काम नगरेको दावी गरे । “नक्कली नाता प्रमाणित गरिएको होइन, सबै बुझेर मात्र गरिएको हो, छानविन गरेर गलत भएको भए कावाही भोग्न तयार छौं”–उनले भने ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?