© २०२३
काठमाडौँ, ०५ असोज ।
एशिया कप टी–२० क्रिकेटको सुपर–४ चरणमा आज भारत र पाकिस्तान आमनेसामने हुनेछन् । खेल नेपाली समयअनुसार राति सवा ८ बजे दुबईमा सुरु हुनेछ । यसअघि समूह चरणको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो ।
गएराति सम्पन्न खेलमा बङ्गलादेशले श्रीलङ्कालाई चार विकेटले हराउँदै तालिकामा दुई अङ्क जोडेको छ ।
सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका छन् । सुपर–४ अन्तर्गत सबै टोलीले एक–अर्कासँग खेल्ने कार्यक्रम रहेको छ ।